कोभिड-१९ रोगको संबन्धमा सजग बनौं, सुरक्षित रहौं र राखौं

Habre NepalAnnouncement, National, NewsLeave a Comment

Let's be aware of Covid-19 disease

कोभिड-१९ रोगको संबन्धमा सजग बनौं, सुरक्षित रहौं र राखौं सबैले सामाजिक दूरीसहितका नियमहरुको पूर्ण पालना गरौं

यथासंभव हाम्रो प्यारो काभ्रे जिल्लालाई कोरोनामुक्त जिल्ला कायम गर्न तथा सङ्कास्पद व्यक्तिहरुको शीघ्र उध्दार तथा परीक्षणमा सहयोग पुगोस् भन्ने अभिप्रायले अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज सम्बध्द महानुभावहरु ( दीपक खरेल- स्पेन, मोहन बिष्ट- अमेरिका, जेनकुमार लामा तथा सुरेशराज त्रिपाठी- साउदी अरेबिया, विजय बस्नेत- दक्षिण कोरिया लगायतका महानुभावहरु) को विशेष पहल र सक्रियता तथा काभ्रे सेवा समाज,काभ्रेको सहभागितामा रकम सङ्कलन गरि रु. ९५०००.०० बजार मूल्य बराबरको ३० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई ) मिति २०७६/०२/०१ का दिन काभ्रे सेवा समाज,काभ्रेका अध्यक्ष श्री केशव थापाले जिल्ला विपद् व्यवस्थापन समतिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनासमक्ष हस्तान्तरण गर्नु भयो ।

उक्त कार्यक्रममा जिल्ला विपद् व्यवस्थान समितिमा प्रतिनिधित्व गर्ने जिल्ला सुरक्षा निकायका प्रमुखज्यूहरु ( नेपाली सेनाका गणपति प्रमुख सेनानी श्री सुबास खड्का, जिल्ला प्रहरी प्रमुख श्री रविकुमार पौडेल, सशस्त्र प्रहरीबल प्रमुख पुरुषोत्तम थापा, जिल्ला अनुसन्धान कार्यलय प्रमुख श्री सरोज निरौला ), जिल्ला जनस्वास्थ्य प्रमुख डा. नरेन्द्रकुमार झा, पत्रकार महासंघ काभ्रेका जिल्ला अध्यक्ष मोतिराम तिमिल्सिना लगायतका सञ्चारकर्मीहरु, अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका सर्वश्री मधु पौडेल, जेनकुमार लामा र विजय बस्नेत, काभ्रे सेवा समाज, काभ्रेका श्रीरामशरण रेग्मी, श्रीशिवप्रतापसिंह कार्की र श्री राघवसिंह थापाको समुपस्थिति थियो ।

सोही अवसरमा कोरोना सचेतनासंबन्धी फ्लेक्स धुलिखेल लगायतका प्रमुख सहरहरुको सार्वजनिक स्थलमा टाँग्ने कार्य पनि सुसम्पन्न गरिय‍ो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *