काभ्रेबासीद्वारा विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान

Habre NepalAnnouncement, National, NewsLeave a Comment

Health materials provided to the Disaster Management Committee by the people of Kavre

कोरोना भाइरस ( कोभिड-१९) बाट बचौं र बचाअौं !
सबैको प्रयासले काभ्रेलाई कोरोनामुक्त जिल्ला राखौं ।।

चीनको बुहानबाट शुरु भै विश्वभर सङ्क्रमित हुँदै गएको कोभिड -१९ बाट नेपाल पनि धेरथोर प्रभावित भएता पनि हाम्रो काभ्रेपलाञ्चोक जिल्ला भने हालसम्म सुरक्षित रहन सकेको छ । यसका लागि विशेष सजग अाम काभ्रेली सर्वसाधरण, सबै स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यलय, सुरक्षा निकाय ( नेपाल प्रहरी, नेपाल शसस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग), स्वास्थ संबन्ध सबै निकाय, संघीय एवं प्रदेश सरकार, संघीय एवं प्रदेशसभाका काभ्रेली माननीयज्यूहरु, रेडक्रस लगायतका गैरसरकारी संस्था, उद्योग वाणिज्य संघ, राज्यको चौथो र अति महत्वपूर्ण अङ्ग सञ्चार क्षेत्र लगायत सबैको यथोचित सहयोग, सुझबुझ, सक्रियताले नै यो संभव भएको हो । सबैप्रति यी दुवै संस्था हार्दिक अाभार व्यक्त गर्छ ।

उपचार संभव नभएक‍ो र सङ्क्रमणबाट नै महामारी हुन सक्ने यस रोगको रोकथामको निमित्त धेरथोर सहयोग पुगोस् भन्ने अभिप्रायले काभ्रेपलाञ्चोक जिल्लामा कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खट्ने उपर्युक्तानुसार निरन्तर खट्ने निकायलाई उपलब्ध गराउने गरि अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाज, काभ्रेले संयुक्तरुपमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला प्रशासन अधिकारी श्री श्रवणकुमार तिमिल्सिनासमक्ष देहायका सामाग्री हस्तान्तरण गरियो :

  1. Examination Gloves-1500 Pairs
  2. Sanitizer – 5 lit,
  3. Reusable Mask-5830 pcs
  4. Thermometer Infra Red – 3 pcs ( भकुण्डेबेसी, बनेपा प्रहरी चौकी र जनस्वास्थ कार्यालय, पाँचखाल )

अत्यन्त जोखिमपूर्ण अवस्थामा पनि सूचना, समाचार तथा जानकारी सम्प्रेषण लगायतका काममा अहोरात्र खट्ने काभ्रे सम्बध्द सञ्चारकर्मीहरुकाे सहयोगको निमित्त देहायका सामाग्री जिल्ला पत्रकार महासंघ, काभ्रेका सभापति एवं चेष्टा साप्ताहिकका प्रधान सम्पादक श्री मोतिराम तिमिल्सिनालाई हस्तान्तरण गरियो :

  1. Venus Mask – 50 Pcs
  2. Neofresh Sanitizer(100ml) – 50 Pcs.

यस कामका निमित्त अावश्य संयोजन गर्ने अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजका सर्वश्री दीपक खरेल, जेनकुमार लामा, विजय बस्नेत, मोहन विष्ट, पत्रकार महासंघ जिल्ला समितिका अध्यक्ष श्री मोतिराम तिमिल्सना, अध्यापक श्री सागर लामाप्रति हार्दिक अाभार व्यक्त गर्छौं ।

दिनाङ्क : २०७७/०१/१९ रोज ६ शुभम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *