हार्दिक अपिल – काभ्रे सेवा समाज साउदी अरब परिवार

Habre NepalAnnouncement, International, News, Saudi ArabiaLeave a Comment

Heartfelt Appeal - Kavre Service Society Saudi Arabia Family

हार्दिक अपिल

मिति २०७५ चैत्र १७ गते आइतबारका दिन साँझ बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा अकस्मात आएको असिनापानी सहितको विनाशकारी आँधिहुरीको कारणले गर्दा भएको जनधनको क्षतिले काभ्रे सेवा समाज साउदीअरब परिवार अत्यन्तै दुखित भएको छ र यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाएका मृत आत्माहरुको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौँ र आफनो मातृभूमिमा भएको दैविक प्रकोपमा पिडित हुन पुगेका परिवारहरुलाई धैर्य- धारण गर्ने शक्ति मिलोस भन्दै शोक सन्तप्त सम्पूर्णमा गहिरो समवेदना प्रकट गर्दछौँ ।

मौसमी परिवर्तनका कारण हुने यस्ता दुःखदायी घटनाहरुको पुर्वानुमान र पुर्व तयारी मार्फत सम्भाबित क्षतिलाई रोक्नको लागि आवश्यक वैज्ञानिक तथा प्राविधिक सुचना प्रणाली तथा संयन्त्रको निर्माण गर्नुपर्ने नितान्त आवश्यकतालाई ध्यानमा राखी सम्बन्धित निकायले पहल गर्न समेत आग्रह गर्दछौँ र मृतक परिवारलाई तत्काल राहत र क्षतिपुर्ति प्रदान गर्न, घाइतेहरुको निःशूल्क औषधी उपचार, घरबिहीन भएका परिवारहरुको तत्काल उद्दार र पुर्नःस्थापना तथा अस्थायी बसोबासको प्रबन्ध तत्काल गर्न नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध गर्दछौं ।

बिगतका दिनहरुमा जस्तै विपतको यस घडीमा विश्वभर छरिएर रहेका हामी नेपालीहरुले फेरी एकजुट भएर मिलेर सामना गर्नुपर्ने समय आएको छ । त्यसैले यस बिपतको घडीमा साउदीअरब लगायत देश भित्र र अन्य बिभिन्न देशहरुमा रहेका बिभिन्न नेपाली राजनीतिक, सामाजिक, धार्मिक, जातिय लगायत अन्य सम्पूर्ण संघ-संस्थाहरु र ति सबै संघ संस्थाका सबै भातृ एवं शुभेच्छुक संस्थाहरु साथै देश भित्रका स्थानीय निकाय, प्रशासन, चिकित्सक, नागरिक समाज, निजी क्षेत्र, पत्रकार, सर्वसाधारण लगायत सम्पूर्ण सरोकारवालाहरुलाई उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक एक भएर जुट्न हार्दिक अपिल गर्दछौँ । धन्यवाद ।

सुरेश राज त्रिपाठी
महासचिब
तथा
काभ्रे सेवा समाज साउदी अरब परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *