काभ्रेको बिकास गरौँ सबै मिली, एकजुट हौँ साउदीअरबमा काभ्रेली

Habre NepalAnnouncement, International, News, Saudi ArabiaLeave a Comment

Let's develop Kavre, all together, Kavreli in Saudi Arabia

“काभ्रेको बिकास गरौँ सबै मिली,एकजुट हौँ साउदीअरबमा काभ्रेली” भन्ने मुल नाराका साथ बिदेशी भुमी साउदीअरबलाई कर्मभुमी बनाएर साउदीअरबका बिभिन्न क्षेत्रमा छरिएर रहनुभएका सम्पूर्ण काभ्रेलीहरुलाई एकत्रित गर्दै एक संगठनमा बसेर बिभिन्न सामाजिक परोपकारी कार्यहरु गर्ने अभिप्रायले आज भन्दा ठीक २ बर्ष पहिले १४ अप्रिल २०१७, शुक्रबार (२०७४ बैशाख १ गते) का दिन साउदीअरबमा एक अविछिन्न उत्तराधिकारवाला, संगठित स्वशासित गैर–नाफामुलक, गैर–राजनीतिक तथा गैर–सरकारी सामाजिक संस्था “काभ्रे सेवा समाज, साउदीअरब” को स्थापना गरेको आज २ बर्ष पुरा भएको यस पावन अबसरमा सफलतापुर्वक यस २ बर्षको अबधी पुरा गर्न सकेकोमा सम्पूर्ण काभ्रे सेवा समाज साउदीअरबका पदाधिकारी ज्युहरु लगायत साउदीअरबमा रहनुहुने काभ्रेलिहरुलाई हार्दिक बधाई दिन चाहन्छु र काभ्रे सेवा समाज साउदीअरबको स्थापनाकालदेखी यस २ बर्षको अबधिमा काभ्रे सेवा समाज साउदीअरबले गरेका बिभिन्न सामाजिक तथा परोपकारी कामहरुमा तन, मन, धन (आर्थिक, नैतीक, भौतिक) सबै कुराहरुले साथ र सहयोग गरी काभ्रे सेवा समाज साउदीअरबलाई सोचे भन्दा बढी सफलता आर्जन गर्न सहयोग गर्नुहुने नेपाली राजदुताबास साउदीअरब परिवार, साउदीअरब लगायत विश्वमा छरिएर रहेका काभ्रेली तथा गैर काभ्रेली साथीहरु, बिभिन्न राजनीतिक गैर राजनीतिक सम्पूर्ण संघ-संस्थाहरु, उक्त संघ-संस्थाका पदाधिकारी ज्युहरु, समाजसेबी, बुद्दिजिबी, मिडियाकर्मी साथीहरु, प्रिन्टिङप्रेसका साथीहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुमा काभ्रे सेवा समाज साउदीअरब परिवार हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ र आगामी दिनहरुमा पनि यहाँहरुबाट यस्तै साथ र सहयोगको अपेक्षा गर्दछ र यहाँहरु सम्पूर्णमा पुन: एकपटक काभ्रे सेवा समाज साउदीअरबको तर्फबाट नयाँ बर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना । जय काभ्रे, जय काभ्रेली । धन्यवाद ।

– सुरेश राज त्रिपाठी
महासचिब
तथा
काभ्रे सेवा समाज परिवार साउदीअरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *